कहाँ अड्कियो धितोपत्र बोर्ड अध्यक्षको पदबहाली ?

कहाँ अड्कियो धितोपत्र बोर्ड अध्यक्षको पदबहाली ?
AdvertisementAds

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको पदबहाली प्रक्रिया ढिलो भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले चितवनमा रहेका कारण पदबहाली अघि बढ्न नसकेको हो।

असार ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको भए पनि उनले अहिलेसम्म नियुक्तिपत्र बुझ्न पाएका छैनन्।

धितोपत्र बोर्ड अध्यक्षले अर्थमन्त्रीबाट नियुक्तिपत्र बुझ्ने र अर्थमन्त्री समक्ष नै पद तथा गोपनीयताको सपथ लिने प्रचलन छ। त्यसपछि मात्रै पदबहालीका लागि धितोपत्र बोर्ड जाने अभ्यास छ ।

महाधिवेशन लम्बिने संकेत देखिएकाले अर्थमन्त्री अझै केही दिन चितवनमै रहने सम्भावना छ। जसकारण सपथ तथा पदबहाली थप ढिलाइ हुने देखिएको छ।

यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानमा मुछिएपछि गत वैशाख ४ गते तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका थिए। त्यसयता धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा छ।

AdvertisementAds

नवनियुक्त अध्यक्ष डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। साथै उनले “स्टक मार्केट इफिसियन्सी इन नेपाल” विषयमा विद्यावारिधी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स