बुङ्गल हाइड्रो लिमिटेडको बाँडफाँड यही साताभित्र हुने भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार हिजो सोमबार प्रि-आलोटमेन्ट सम्पन्न भइसकेको छ। भोलि सार्वजनिक शोक बिदा रहने भएकाले पर्सि (बिहीबार) बाँडफाँड सम्पन्न हुने अपेक्षा गरिएको छ।
कम्पनीले भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा कुल २२ लाख ५३ हजार २५४ जना लगानीकर्ताबाट २ करोड ५२ लाख ७० हजार २६० कित्ताका लागि आवेदन परेको छ। यो आवेदन मागभन्दा करिब १४.८५ गुणा बढी हो।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया