सागर डिस्टिलरीको आईपीओ बाँडफाँडको मिति तय भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आज बिहिबार प्रि अलोटमेन्ट सम्पन्न भएको छ जसअनुसार आईपीओ असोज १२ गते आइतबार बाँडफाँड गर्ने तयारी गरेको हो।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाले आवेदन दिएका थिए। उनीहरूले २ करोड ६५ लाख १ हजार १५० कित्ता बराबरको २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको माग गरेका थिए। उपलब्ध संख्याभन्दा धेरै बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथामार्फत हुनेछ। यसमा १ लाख १९ हजार ६४ जनाले मात्र १०/१० कित्ताका दरले सेयर पाउनेछन् भने २२ लाख ३३ हजार ४२९ जनाको हात रित्तो हुनेछ।
सागर डिस्टिलरीले ७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत बराबर १४ लाख ५२ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४५ हजार २०० कित्ता, सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीका लागि ४३ हजार ५६० कित्ता छुट्याइएको छ। बाँकी ११ लाख ९० हजार ६४० कित्ता सर्वसाधारणका लागि जारी गरिएको हो।




















प्रतिकृया