युएसएडका कर्मचारीहरूलाई प्रशासनिक बिदा, तलब के होला ?



Advertisement
Ads

अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएड)का कर्मचारीहरूलाई शुक्रबारदेखि प्रशासनिक बिदामा राखिने भएको छ। उनीहरूलाई अमेरिका फर्किन भनिएको छ।


Advertisement

मंगलबार जारी गरिएको निर्देशनअनुसार, युएसएडका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई प्रशासनिक बिदामा पठाइनेछ। यद्यपि महत्त्वपूर्ण कार्यमा संलग्न कर्मचारीहरू भने कार्यरत रहनेछन्।


Advertisement

हालसम्म तलबका विषयमा आधिकारिक जानकारी नआए पनि प्रशासनिक बिदामा तलब निरन्तर दिने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ। प्रायः अन्तर्राष्ट्रिय संगठनहरूले प्रशासनिक बिदाको अवस्थामा पनि कर्मचारीको तलब प्रदान गर्ने चलन राखेका छन्।

युएसएडले आफ्नो वेबसाइटमार्फत जानकारी दिँदै अमेरिका बाहिर कार्यरत कर्मचारीहरूको फिर्ती योजना तयार भइरहेको जनाएको छ। ३० दिनभित्र उनीहरूको अमेरिका फर्किने यात्रा खर्च एजेन्सीले व्यहोर्नेछ। साथै अत्यावश्यक नभएका करार कर्मचारीहरूको सम्झौता रद्द गरिने पनि उल्लेख गरिएको छ।

यसैबीच, मंगलबारदेखि कर्मचारीहरूलाई व्यक्तिगत रूपमा इमेलमार्फत बिदाबारे सूचना दिइएको छ। युएसआइडी भवन र अन्य आधिकारिक प्रणालीहरूमा प्रवेशमा रोक लगाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसआइडीलाई भ्रष्ट संस्था भन्दै बन्द गर्ने संकेत दिएका छन्। उनले एलन मस्कलाई सरकारी दक्षता विभागको नेतृत्वमा राखेर युएसआइडीको अनियमितता छानबिन गराइरहेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर