instainsta

सर्वसाधारणका लागि महिला लघुवित्तको सेयर लिलामीमा, कति तोकियो मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १ गते
सर्वसाधारणका लागि महिला लघुवित्तको सेयर लिलामीमा, कति तोकियो मूल्य ?
AdvertisementAds

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहका ८४ हजार ५३७ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ।

कम्पनीका संस्थापक सेयरधनी निरू कुथुमी राई र इन्दिरा गिरीको नाममा रहेको सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागिएको हो। राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र गिरीको नाममा रहेको १० हजार २९१ कित्ता गरी कुल ८४ हजार ५३७ कित्ता सेयर बिक्रीमा राखिएको छ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ। इच्छुक जोकोही व्यक्ति वा संगठित संस्थाले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी आवेदन दिन सक्नेछन्।

शिलबन्दी बोलपत्र आवेदन प्रक्रिया आज जेठ १ गतेदेखि सुरु भएको छ भने आवेदन दिने अन्तिम मिति जेठ ८ गते अपराह्न ३ बजेसम्म तोकिएको छ। आवेदन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाडौंमा बुझाउनु पर्नेछ।

आवेदन फाराम २०० रुपैयाँ तिरेर सोही बैंकिङ्ग संस्थाबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। संस्थापक सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने त्यसभन्दा बढी खरिद गर्न चाहनेले १० को गुणनमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स