बजारको चिरफारको प्रिमियम पोडकास्टमा यसपटक टेस्ला इन्भेस्टमेन्टका चेयरम्यान तथा सेयर बजारका अनुभवी लगानीकर्ता समिरजंग खड्कासँग सेयर बजारका महत्वपूर्ण विषयहरूमा कुराकानी गरिएको छ। करिब ६ महिना अघि गरिएको पहिलो पोडकास्टपछि दर्शकहरूको धेरै अनुरोधका कारण उनलाई पुनः आमन्त्रित गरिएको हो।
यस पटकको संवादमा सेयर बजारमा लगानी गर्दा लगानीकर्ताले गर्ने सामान्य गल्ती, पोर्टफोलियो व्यवस्थापन, सही कम्पनी छनोट गर्ने तरिका, टेक्निकल तथा फन्डामेन्टल विश्लेषणको प्रयोग लगायतका विषयहरूमा विस्तृत छलफल गरिएको छ।
समिरजंग खड्काले आफ्नो १० वर्षभन्दा बढीको अनुभवका आधारमा लगानीकर्ताले गर्ने प्रमुख गल्तीहरूबारे पनि चर्चा गरेका छन्। उनका अनुसार धेरै लगानीकर्ताले एकैपटक सबै फन्ड लगानी गर्नु र पोर्टफोलियोमा अत्यधिक कम्पनी राख्नु ठूलो गल्ती हुने गर्दछ। सही रणनीति भनेको कम्पनीबारे राम्रो अध्ययन गरेर क्रमशः (पार्सियल) रूपमा लगानी गर्नु र सीमित कम्पनीमा केन्द्रित हुनु हो।
कम्पनी छनोटका क्रममा उनले भोलुम, सेयर होल्डर संरचना, फन्डामेन्टल अवस्था, ऋणको स्तर, बिजुली उत्पादन तथा बिक्रीको क्षमता जस्ता पक्षहरूलाई विशेष महत्व दिनुपर्ने बताएका छन्।
पोडकास्टमा अहिले बजारमा देखिएको हाइड्रोपावर सेक्टरको उछाल, बैंकिङ सेक्टरको अवस्था, तथा बजारमा किन कहिलेकाहीँ कमजोर कम्पनीको मूल्य तीव्र बढ्छ भन्ने विषयमा पनि विश्लेषण गरिएको छ।
त्यस्तै, धेरै लगानीकर्ताले भोगिरहेको समस्या — ५० लाख लगानी गरेर पोर्टफोलियो ३०–४० लाखमा झर्नु जस्ता अवस्थाबाट कसरी बाहिर निस्कने भन्ने विषयमा पनि व्यावहारिक सुझावहरू प्रस्तुत गरिएको छ।
हालको बजार अवस्थाबारे बोल्दै खड्काले ब्याजदर घटेको, राजनीतिक स्थायित्वतर्फ संकेत देखिएको तथा विभिन्न सेक्टरमा लगानीको प्रवाह बढेकोले बजारमा सम्भावना अझै रहेको बताएका छन्। तर लगानी गर्दा आफ्नै रणनीति, अध्ययन र धैर्य सबैभन्दा महत्वपूर्ण हुने उनको भनाइ छ।


![bizshort | ५० लाखको पोर्टफोलियो ३० लाखमा झरेकाहरूले के गर्ने? [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-should-those-whose-portfolio-of-5-million-rupees-has-dropped-to-3-million-rupees-do Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/bizshort.png)
![corporate | ५० लाखको पोर्टफोलियो ३० लाखमा झरेकाहरूले के गर्ने? [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-should-those-whose-portfolio-of-5-million-rupees-has-dropped-to-3-million-rupees-do Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/corporate.png)
![ipo calander | ५० लाखको पोर्टफोलियो ३० लाखमा झरेकाहरूले के गर्ने? [भिडियो] | BAJARKO CHIRFAR https://bajarkochirfar.com/what-should-those-whose-portfolio-of-5-million-rupees-has-dropped-to-3-million-rupees-do Advertisement](https://bajarkochirfar.com/wp-content/uploads/2024/09/ipo-calander.png)






![सेयर बजारबारे अर्थसमितिमा छलफल हुँदै [Live]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-768x403.jpg)







प्रतिकृया