आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सेयर बजार सुधार र पुँजी बजार प्रवर्द्धनका लागि महत्त्वपूर्ण योजना सार्वजनिक गरेका छन्। उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने बताए।
धितोपत्र बोर्डको क्षमता सुदृढ गर्दै नागरिक लगानीकर्ताको हित संरक्षणमा विशेष ध्यान दिइनेछ। सूचीकृत कम्पनी तथा संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकताका उद्योगमा जारी हुने ऋणपत्र तथा धितोपत्रमा लगानी गर्न सहज व्यवस्था गरिनेछ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलमा लगानी गर्न कानुनी आधार तयार गरिनेछ।
सरकारी ऋणपत्रको दोस्रो बजारमा कारोबार सुरु गरिनेछ भने गैरआवासीय नेपालीलाई पनि दोस्रो बजारमा लगानी गर्न अनुमति दिने व्यवस्था मिलाइनेछ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया