प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयक पारित गर्ने क्रममा षडयन्त्र भएको दाबी गरेका छन्। उनले यस घटनाको छानबिन आवश्यक भएको बताउँदै दोषी फेला परे आफू कारबाहीको लागि तयार रहेको बताए।
मंगलबार सभामुखसँगको भेटपछि खतिवडाले कुलिङ पिरियड हटाइएकाले निजामती विधेयकमा गरिएको छेडखानी संसद्माथि ठूलो प्रहार भएको बताए। “कसको गल्तीबाट यो भयो, कारबाही गर्नुपर्छ,”
उनले भने, “मेरो दोष फेला परे म आफैं कारबाहीको दायरामा आउन तयार छु।”
आइतबार प्रतिनिधिसभाबाट पारित निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइएको विषयमा सांसदहरूले राजिनामा माग्दै कडा विरोध जनाएका थिए भने सभामुख देवराज घिमिरेले पनि छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



















प्रतिकृया