instainsta

निर्माण व्यवसायीको बक्यौता एक हप्ताभित्र तिर्छौँ: अर्थमन्त्री पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २३ गते
निर्माण व्यवसायीको बक्यौता एक हप्ताभित्र तिर्छौँ: अर्थमन्त्री पौडेल
AdvertisementAds

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको बक्यौता भुक्तानी एक साताभित्र गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले निर्माण व्यवसायीहरूले काम सम्पन्न गरेर भुक्तानी लिन बाँकी रहेका मन्त्रालय र अन्य निकायमा ढिलोमा एक साताभित्र भुक्तानी उपलब्ध गराइने जानकारी दिए।

अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई ऋण भुक्तानीको म्याद थप गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित समाधान खोजिने उल्लेख गर्दै, निर्माण व्यवसायीहरूले बैंकको ऋण मङ्सिर मसान्तसम्म तिर्नुपर्ने बताए। उनले भने, “सार्वजनिक निर्माण क्षेत्रलाई सधैँ प्राथमिकता दिने हाम्रो साझा लक्ष्य हो।”

बजेटमा सूचीकृत रहेका १७ हजार योजनाको कार्यान्वयनमा ध्यानाकर्षण गर्दै, उनले चालू आर्थिक वर्षको बजेटमा रु ७५ हजारका परियोजना रहेको जानकारी दिए। उनले भने, “सङ्घले यति सानो परियोजना कार्यान्वयन गर्ने भएपछि स्थानीय तह र प्रदेश सरकारले कस्तो परियोजना बनाउने? बजेटका कारण धेरै काम गर्न सकिएको छैन।”

अर्थमन्त्री पौडेलले आधार नै नभएका आयोजनाहरूको अस्तित्व रहेको भन्दै, पूर्वाधार निर्माणका लागि ऋण लिनुपर्ने अवस्था रहेको बताए र यसलाई प्रभावकारी बनाउन जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स