सूचना प्रविधिक्षेत्रमा लक्षित योजना बनाएर पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्छौ : गगनकुमार थापा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ७ गते
सूचना प्रविधिक्षेत्रमा लक्षित योजना बनाएर पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्छौ : गगनकुमार थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्षभित्र १५ लाख रोजगारी सृजना गर्ने लक्ष्यसहित पार्टीले स्पष्ट कार्ययोजना तयार पारेको बताएका छन्। उनले कांग्रेसले अघि सारेको ‘मिसन रोजगारी’ अभियानलाई निरन्तरता दिँदै संविधानले सुनिश्चित गरेको मौलिक हकअन्तर्गतको रोजगारीको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित संकल्पपत्र बनाइएको जानकारी दिए।

कृषि, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रमा लक्षित योजना बनाएर दिगो र उत्पादनमुखी रोजगारी सृजना गरिने उनले बताए। संसद् वा सरकार जहाँ भए पनि युवालाई लक्षित गरेर ठोस कार्यक्रम कार्यान्वयन गर्ने तयारी कांग्रेसले गरिसकेको उनको दाबी छ।

थापाले वर्तमान पुस्ताका युवामा कला, साहित्य र विभिन्न सिर्जनात्मक क्षमताहरू प्रशस्त रहेको उल्लेख गर्दै ती सृजनालाई बजारसँग जोड्ने नीति आवश्यक रहेको बताए।

दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थालाई स्वीकार गर्दै थापाले त्यसलाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्ने रणनीति बनाइएको जानकारी दिए। विदेशमा रहेका दक्ष युवालाई संस्थागत ढंगले स्वदेशमै फर्केर काम गर्ने वातावरण सिर्जना गर्ने विषयमा पार्टीले योजना तयार गरेको उनले बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स