प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा नेपालले अब कुनै कारणले पछि पर्नु नपर्ने बताएका छन्।
श्रीपञ्चमीको अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुलद्वारा आयोजित ‘युवा अन्तरक्रिया कार्यक्रम’मा उनले विकासका पूर्वाधार निर्माण र आधुनिक गुणस्तरीय शिक्षा प्रदान गरेर युवालाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनका लागि संकल्प व्यक्त गरे।
प्रधानमन्त्री ओलीले भने, “विदेशमा नेपाली युवाले अरूका देश बनाउनमा योगदान पुर्याएका छन्, अब हामीले आफ्नै देश बनाउँन ध्यान दिनु पर्छ। हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन्। त्यसैले हामी आफ्नो देश बनाउँछौं।” उनले विद्यार्थीहरुलाई गरिबी समाप्त गर्न र देशको स्वाधीनता जोगाउन आग्रह गरे, साथै समृद्ध नेपाल निर्माणको प्रतिबद्धता जनाए।
उनले नेपाल कहिल्यै कुनै देशको अधिनमा नरहेको र स्वाभिमान राखेर इमानदार बन्न विद्यार्थीलाई सुझाव दिएका छन्। विद्यार्थीहरुलाई असल नेपाली संस्कार पछ्याउन र अरूको बहकाबमा नलाग्न सचेत गराउँदै सरकार स्वदेशमा अवसर सृजना गर्न विशेष ध्यान दिइरहेको जानकारी दिएका छन्।
नेपाल र चीनको सम्बन्धबारे प्रश्नमा, उनले नेपालले विभिन्न देशहरूसँग मित्रवत् सम्बन्ध राखेको र चीनसँगको हालैको औपचारिक भ्रमणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा सम्झौतासहित सहयोग विस्तार भएको बताए।
नेपालको भलाइका लागि आफ्नो ठूलो सपना भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको उनले स्पष्ट पारे। कार्यक्रमका क्रममा विद्यार्थीहरूले विभिन्न रुचिका विषयमा प्रश्न पनि गरे।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया