नेपाली कांग्रेसका सभापति गगन थापाले आफू र पार्टीप्रति जनताले देखाएको विश्वास र मायालाई निर्वाचनको परिणाममा बदल्न आग्रह गरेका छन्। मंगलबार सुनसरी–२ को झुम्कामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
कांग्रेस र आफूप्रति जनताको ठूलो भरोसा रहेको उल्लेख गर्दै थापाले उक्त भरोसालाई मतमार्फत कांग्रेसलाई विजयी बनाउन आग्रह गरे। निर्वाचनमा पार्टीलाई जिताए बाँकी रहेका विकास निर्माण र जनचासोका विषय आफूले पूरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
‘तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ,’ थापाले भने, ‘अब यही क्षेत्रबाट कांग्रेसलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी काम पूरा गर्नेछु।’
थापाले कांग्रेसले विगतमा गरेका प्रतिबद्धता र कामको मूल्यांकन जनता स्वयंले गरिरहेको बताए। पार्टीले बोलेका कुरा पूरा गरेको छ कि छैन भन्ने विषय स्पष्ट रूपमा जनतामाझ लैजान कार्यकर्ताहरूलाई निर्देशन पनि दिए। कांग्रेस जनताको विश्वासमै टिकेको दाबी गर्दै उनले पार्टी अब नयाँ ढंगबाट बदलिएर अघि बढेको बताएका छन्।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया