सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रको प्रवर्द्धनका लागि लेखा समितिले सहयोग गर्ने बताएका छन्। जलविद्युतको आईपीओ रोकिएको विषयमा विवादभन्दा पनि समाधान खोज्नुपर्ने उनको भनाइ छ।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले लेखा समितिको निर्णयलाई पुनः छलफल गरेर समाधान गर्न सकिने बताए।
‘व्यवसायीहरूले सार्वजनिक लेखा समितिको निर्णयमा छलफल गर्नुपर्नेमा आर्थिक समितिमा पुगेको देखिन्छ,’ सभापति पोखरेलले भने, ‘समितिमा निवेदन आएपछि छलफल गरिन्छ।’
उनले जलविद्युत आयोजनाका लागि लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न विभिन्न पक्षको अध्ययन गरेर निर्णय गरिएको स्पष्ट पारे।
उनले केही डुबेका कम्पनीहरूले समेत आईपिओ जारी गरिरहेको उल्लेख गर्दै, सबै कम्पनीहरूलाई एउटै दायरामा राखेर निर्णय गर्न नमिलेपनी विभिन्न ट्रेन्डकै अध्ययनगरी निर्णय गरेको बताए।
“हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिन नपाउने निर्णय गरेका हौं। साथै, स्थानीयलाई १० प्रतिशत सेयर दिनुपर्ने सन्दर्भमा पनि स्पष्टता आवश्यक छ यो ऋणको भार बोकाउनु हो कि नाफाको बाँडफाँड?” पोखरेलले भने।












![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)



![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया