प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा स्रोतसाधनको भरपर्दो स्थिति भएमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिने बताएका छन्।
आइतबार प्रतिनिधि सभामा जवाफ दिँदै उनले नेपालको संविधान अनुसार आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य बनाइएको जानकारी दिए। उनले भने, “भविष्यमा स्रोत साधनले भ्याएसम्म विश्वविद्यालय शिक्षा पनि निःशुल्क हुन सक्छ।”
ओलीले नागरिकको सम्पत्ति अधिकार र विदेशमा सम्पत्ति राख्नका लागि कानूनी प्रावधानसम्बन्धी अन्य विषयहरूमा पनि स्पष्टिकरण दिए। साथै, समाजवाद र सार्वजनिक संस्थानका बारेमा प्रश्न उठाएपछि उनले नेपालको संविधानमा समावेशी र समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य राखिएको बताए।
उनले रुग्ण र बन्द सार्वजनिक संस्थानलाई उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यले पुन: सञ्चालनमा ल्याउने बारेमा पनि जानकारी दिए।













![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया