भविष्यमा विश्वविद्यालय शिक्षा समेत निःशुल्क गर्न सक्छौँ : प्रधानमन्त्री



Advertisement
Ads

प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा स्रोतसाधनको भरपर्दो स्थिति भएमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिने बताएका छन्।

आइतबार प्रतिनिधि सभामा जवाफ दिँदै उनले नेपालको संविधान अनुसार आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य बनाइएको जानकारी दिए। उनले भने, “भविष्यमा स्रोत साधनले भ्याएसम्म विश्वविद्यालय शिक्षा पनि निःशुल्क हुन सक्छ।”


Advertisement

ओलीले नागरिकको सम्पत्ति अधिकार र विदेशमा सम्पत्ति राख्नका लागि कानूनी प्रावधानसम्बन्धी अन्य विषयहरूमा पनि स्पष्टिकरण दिए। साथै, समाजवाद र सार्वजनिक संस्थानका बारेमा प्रश्न उठाएपछि उनले नेपालको संविधानमा समावेशी र समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य राखिएको बताए।

उनले रुग्ण र बन्द सार्वजनिक संस्थानलाई उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यले पुन: सञ्चालनमा ल्याउने बारेमा पनि जानकारी दिए।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर