सुधारको प्रक्रियामा छौँ, मिडियामा आएका कुरा भ्रामक हुन: कर्णाली डेभलपमेन्ट बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १४ गते
सुधारको प्रक्रियामा छौँ, मिडियामा आएका कुरा भ्रामक हुन: कर्णाली डेभलपमेन्ट बैंक
AdvertisementAds

कर्णाली डेभलपमेन्ट बैंकले हालै नेपाल राष्ट्र बैंकद्वारा जारी सूचनालाई लिएर केही अनलाइन मिडियाहरूले तथ्य तोडमोड गरी द्वेषपूर्ण समाचार प्रकाशित गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

बैंकका प्रेस विज्ञप्तिमा कोभिड-१९ महामारी, आर्थिक मन्दी, र जग्गा-घर कारोबारमा आएको सुस्तीकै कारण कर्जा असुली प्रक्रियामा चुनौती देखिए पनि नेपाल राष्ट्र बैंकको सुधारात्मक निर्देशनअनुसार तीव्र सुधारको प्रयास भइरहेको उल्लेख गरेको छ । बैंकले आफ्नो वित्तीय अवस्था क्रमशः सुदृढ बनाउँदै आर्थिक स्थायित्वतर्फ उन्मुख रहेको दाबी गरेको छ।

बैंकले आफ्नो नियमित बैंकिङ कारोबारमा कुनै अवरोध नभएको र ग्राहकहरूको सेवा पूर्ण रूपमा निर्वाध रूपमा सञ्चालन भइरहेको जनाएको छ। बैंकले ग्राहकहरूको खातामा रहेको रकम सुरक्षित रहेकोमा पनि सबैलाई आश्वस्त गराएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निरज बिक्रम शाहले प्रेस विज्ञप्ति मार्फत कर्णाली डेभलपमेन्ट बैंक राष्ट्र बैंकका सबै नीति-नियमको पालना गर्दै आएको र सेवामा निरन्तर सुधार गर्दै लगिरहेको स्पष्ट पारेका छन्। उनले ग्राहकहरूको साथ र विश्वासप्रति आभार व्यक्त गर्दै बैंकलाई अझ बलियो र विश्वसनीय बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स