स्थानिय तहकाे रिक्त ४१ पदका लागि मतदान सुरू

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १६ गते
स्थानिय तहकाे रिक्त ४१ पदका लागि मतदान सुरू

स्थानीय तह उपनिर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरू भएको छ। देशभरका ४१ रिक्त पदका लागि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

उपनिर्वाचनमार्फत नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, र वडाध्यक्ष ३३ पदका लागि मतदान भइरहेको छ।

यसपटक विभिन्न २० राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवार गरी ३७६ जनाबीच प्रतिस्पर्धा छ। निर्वाचन आयोगले यसपटक मतदान सकिएका स्थानमै मतगणना गर्ने व्यवस्था मिलाएको छ।

आयोगका अनुसार सोमबारसम्म उपनिर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स