मतगणना अपडेट : काठमाडौँ–१ मा रञ्जु दर्शनाको सानदार जित

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
मतगणना अपडेट : काठमाडौँ–१ मा रञ्जु दर्शनाको सानदार जित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य रञ्जु दर्शना काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। बिहीबार भएको निर्वाचनमा उनले १५,४५५ मत प्राप्त गर्दै नेपाली कांग्रेसका प्रवल थापालाई ९,०९१ मतान्तरले पराजित गरिन्। थापाले ६,३६४ मत पाउँदा राप्रपाका रवीन्द्र मिश्र ३,९७२ मतका साथ तेस्रो स्थानमा रहे। २१ वर्षको उमेरमा काठमाडौँको मेयर लडेर चर्चामा आएकी रञ्जु ९ वर्षको निरन्तर राजनीतिक संघर्षपछि संसद् छिर्न सफल भएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स