SHAREHUBSHAREHUB

मतगणना अपडेट : रुकुमपूर्वमा प्रचण्डको ‘पक्कड’: प्रतिस्पर्धीभन्दा झन्डै एक हजार मतले अगाडि

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
मतगणना अपडेट : रुकुमपूर्वमा प्रचण्डको ‘पक्कड’: प्रतिस्पर्धीभन्दा झन्डै एक हजार मतले अगाडि
AdvertisementAds

रुकुमपूर्वको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फराकिलो अग्रता लिएका छन्। २,६३५ मत गणना हुँदा प्रचण्डले १,४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत पाएका छन्। नेपाली कांग्रेसकी कुसुमदेवी थापा ४१७ मतका साथ तेस्रो स्थानमा छिन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लखनकुमार थापाले १७६ मत ल्याएका छन्। प्रचण्डले एमाले उम्मेदवारभन्दा ९८४ मतको अन्तरले अग्रता कायम गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स