काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले अग्रता फराकिलो बनाएकी छन्।
शुक्रबार बिहान पौने ८ बजेसम्मको मतगणना अपडेट अनुसार कुल २० हजार ४८८ मत गणना हुँदा दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छन्।
नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका छन्। दर्शनासँग उनको ५ हजार ८४८ मतको अन्तर रहेको छ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रविन्द्र मिश्रले २ हजार ७४४ मत पाएका छन् भने नेकपा एमालेका मोहन रेग्मीले ८६५ मत प्राप्त गरेका छन्।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीकी कृतु भण्डारीले २१८ मत पाएकी छन्।
यस क्षेत्रमा हालसम्म ४६१ मत बदर भएको छ। अझै करिब १० हजार मत गणना हुन बाँकी रहेको छ।










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया