भिजन लुम्बिनीले आईपीओ निष्काशन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १९ गते
भिजन लुम्बिनीले आईपीओ निष्काशन गर्ने

भिजन लुम्बिनी लिमिटेडले आगामी पुस १९ गते साधारणसभा आह्वान गरेको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट करबाहेक १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।

विशेष साधारणसभामा कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्काशन गर्ने प्रस्ताव पनि ल्याएको छ। साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने तथा आवश्यक परे थप संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषयमा पनि छलफल हुनेछ।

विभिन्न जलविद्युत परियोजना विकास, प्रवर्द्धन तथा लगानीसम्बन्धी कार्यहरू गर्न र गरिएका लगानीहरूको व्यवस्थापन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। भिजन लुम्बिनी लिमिटेडले भिजन लुम्बिनी उर्जा कम्पनीमा लगानी गरेको छ, जुन नेप्सेमा पहिले नै सूचीकृत रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स