विष्णु पौडेलको दाबी: एघारौँ महाधिवेशनबाट पनि ओली नै अध्यक्ष, कोही द्विविधामा नपरे हुन्छ

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २७ गते
विष्णु पौडेलको दाबी: एघारौँ महाधिवेशनबाट पनि ओली नै अध्यक्ष, कोही द्विविधामा नपरे हुन्छ
AdvertisementAds

सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष र वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा आगामी कार्यकालको अध्यक्ष पनि केपी शर्मा ओली नै हुने दाबी गरेका छन्।अहिलेसम्म एमालेमा ओलीसँग तुलना गर्न मिल्ने अर्को नेतै नभएको दाबी गर्दै उपाध्यक्ष पौडेलले एघारौँ राष्ट्रिय महाधिवेशनबाट पनि सर्वसम्मतिका साथ ओली नै अध्यक्षमा निर्वाचित हुने बताएका हुन्।

उनले भने ‘ हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले नेकपा (एमाले)लाई मात्र होइन सिंगो ‘राष्ट्रलाई योग्यतापूर्वक नेतृत्व गरिरहनु भएको छ। उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता नेकपा (एमाले)मा छैन। अनि किन खोज्नु पर्‍यो नेतृत्वको विकल्प? नेतृत्व भनेको रहरको बिषय पनि होइन। यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तराष्ट्रमा स्वीकार्यताको बिषय पनि हो।

‘म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ। यस बिषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन।’ उनले भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स