भोलिसम्म मात्र भर्न पाइन्छ विजय लघुवित्तको एफपीओ, अहिलेसम्म कति पर्यो आवेदन ?
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि निष्काशन गरेको एफपीओ भर्ने भोलि अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ लाख ६६ हजार ८ सय १७ कित्ता सेयर निष्काशन गरेको हो।
उक्त एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।एफपीओ निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ। सीडीएससीका अनुसार बुधबार बिहानसम्म विजय लघुवित्तको एफपीओमा १६ लाख ७४ हजार ६८० जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा १ अर्ब ९६ करोड ४७ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड ९६ लाख ४७ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन्।





