‘भ्यालु इनभेस्टमेन्ट’ले फेरि गर्यो बफेटलाई पुरस्कृत, अरू अर्बपतिहरूको सम्पत्ति घट्दा बफेटको बढ्यो



Advertisement
Ads

हालै विश्व सेयर बजारमा व्यापक अस्थिरता देखिएको छ। यसको प्रमुख कारण भू-राजनीतिक तनाव, अमेरिका–चीनबीच पुनः चर्किएको व्यापार युद्ध, र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘रिसिप्रोकल ट्यारिफ’ नीतिलाई मानिन्छ। यसले विशेषगरी प्रविधि कम्पनीहरूको सेयर मूल्यमा प्रतिकूल असर पार्दा, विश्वका ठूला अर्बपतिहरूको सम्पत्तिमा उल्लेखनीय गिरावट आएको छ।

तर यस्तो उथलपुथलका बीचमा एक व्यक्ति भने अपवाद बनेका छन् : वारेन बफेट। अहिले अधिकांश अर्बपतिहरूको सम्पत्ति घट्दा, बफेटको सम्पत्ति भने बढेको छ।


Advertisement

अर्बपतिहरूको सम्पत्तिमा ठूलो गिरावट

ब्लूमबर्ग बिलिनेयर्स इन्डेक्स अनुसार, पछिल्लो एक वर्षमा एलन मस्कको सम्पत्तिमा सबैभन्दा धेरै गिरावट आएको छ। उनले १३० अर्ब डलर गुमाएका छन्। टेस्ला र स्पेसएक्सप्रति लगानीकर्ताको घट्दो विश्वास र इलेक्ट्रिक सवारी बजारमा चर्किँदो प्रतिस्पर्धाले उनको सम्पत्ति घटाएको हो। यद्यपि, मस्क अझै पनि ३०२ अर्ब डलर सम्पत्तिसहित सूचीको अग्रस्थानमा छन्।

अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति ४५.२ अर्ब डलरले घटेर १९३ अर्ब डलरमा सीमित भएको छ। ई–कमर्समा देखिएको मन्दीको संकेत र प्रतिस्पर्धी कम्पनीहरूको बढ्दो प्रभावले अमेजनको सेयरमा अस्थिरता ल्याएको छ।

ओरेकलका संस्थापक लेरी एलिसनले ४२.१ अर्ब डलर गुमाउँदा उनको सम्पत्ति १५० अर्ब डलरमा आएको छ।

गुगलका सह–संस्थापकहरू लेरी पेज र सर्गेई ब्रिनले क्रमशः ३४.६ अर्ब र ३२.३ अर्ब डलर गुमाएका छन्। एल्फाबेट माथिको नियामक प्रेसर, विज्ञापन आम्दानी घट्नु र बजारको प्रभाब घट्दा उनीहरूको सम्पत्ति घटेको हो।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले मेटाभर्समा गरेको अति लगानी र मेटा कम्पनीको सेयर मूल्यमा आएको अस्थिरताका कारण २८.१ अर्ब डलर गुमाएका छन्। माइक्रोसफ्टका पूर्व प्रमुख स्टीभ बाल्मरले १९.५ अर्ब डलर गुमाएका छन्।

त्यस्तै, फ्रान्सेली लक्जरी समूह एलभीएमएचका प्रमुख बर्नार्ड आर्नोल्टको सम्पत्तिमा १८.६ अर्ब डलरको ह्रास आएको छ भने बिल गेट्सको सम्पत्ति पनि ३.३८ अर्ब डलरले घटेको छ।

वारेन बफेट: अशान्त बजारका विजेता

यसबिच वारेन बफेट भने सम्पत्ति बढाउन सफल भएका छन्। बर्कशायर ह्याथवेका अध्यक्ष बफेटको सम्पत्तिमा यस वर्ष १२.७ अर्ब डलरले बढेर १५५ अर्ब डलर पुगेको छ।

बफेटले अमेरिकन प्रविधि कम्पनीहरूमा गरिएको लगानी घटाउँदै जापानका पाँच ठूला ट्रेडिङ कम्पनीहरू : मित्सुई, मित्सुबिशी, सुमितोमो, इटोचु, र मरुबेनीमा लगानी बढाएका छन्।

Screenshot 2025 04 06 192405 https://bajarkochirfar.com/value-investing-rewards-buffett-again-buffetts-wealth-increases-while-other-billionaires-wealth-decreases | %tags
DATA SOURCE : https://www.bloomberg.com/billionaires/

उनको दीर्घकालीन ‘भ्यालु इनभेस्टमेन्ट’ रणनीतिले हालको सेयरबजारमा देखिएको संकटका बीचपनि सुरक्षित र विश्वसनीय देखिएको छ। अत्यधिक प्रविधि निर्भरता नगरेर स्थिर र परम्परागत क्षेत्र रोजेकाले बजारले फेरि एकपटक उनलाई पुरस्कृत गरेको देखिन्छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर