अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा ट्यारिफ लागू गर्ने घोषणा गरेपछि अमेरिकी सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। डाउ जोन्स १.४%, एसएन्डपी ५०० १.७५%, र नास्ड्याक २.६% ले घटेको छ।
ट्रम्पले सोमबार मेक्सिको र क्यानडाबाट २५% र चीनबाट १०% थप कर लगाउने बताएका थिए। यसको प्रतिक्रिया स्वरूप, क्यानडा, मेक्सिको, र चीनले अमेरिकी सामानहरूमा अतिरिक्त शुल्क थप्ने घोषणा गरेका छन्।
यी तीन देश अमेरिकाका प्रमुख व्यापार साझेदार हुन्, र बढ्दो भन्सार शुल्कले व्यापार युद्धको खतरा बढाएको छ।
(एजेन्सीहरुको सहयोगमा)














![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया