अमेरिकाको राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै

अमेरिकाको राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनीयताको सपथ लिँदैछन्।

सपथ ग्रहण समारोह सामान्यतया खुला ठाउँमा हुने भए पनि वासिङ्टन डीसीको चिसो मौसमका कारण यो वर्ष क्यापिटल रोटुण्डाको बन्द ठाउँमा आयोजना हुने भएको छ। सोमबार, जनवरी २०, वासिङ्टनको तापक्रम माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान छ, जसका कारण १९८५ पछि पहिलो पटक सपथ ग्रहण समारोह भवनभित्रै सम्पन्न हुने भएको हो।

१५० वर्षमा पहिलो पटक विदेशी नेताहरू पनि अमेरिकी राष्ट्रपतिको सपथ ग्रहण समारोहमा सहभागी हुने तयारीमा छन्। ट्रम्पले चिसो मौसमका कारण क्यापिटल रोटुण्डामा कार्यक्रम गर्ने आदेश दिएको पुष्टि गरेका छन्।

जानकारीअनुसार, राष्ट्रपतिको सम्बोधन तथा अन्य महत्वपूर्ण भाषणहरू क्यापिटल रोटुण्डा भित्रै हुनेछ। उद्घाटन परेड भने क्यापिटल वन एरिनामा आयोजना गरिने छ, जुन क्यापिटलबाट लगभग १.६ किलोमिटर टाढा छ। यसअघि १९८५ मा रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनको दोस्रो कार्यकालका लागि यस्तै परिस्थितिमा सपथ ग्रहण समारोह घरभित्र आयोजना गरिएको थियो।

डोनाल्ड ट्रम्पले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र परेडको आयोजना गर्न क्यापिटल वन एरिना खोल्ने जानकारी दिएका छन्। उनले भनेका छन्, “म आफ्नो शपथ ग्रहणपछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु।”

उनका अनुसार, क्यापिटल वन एरिनामा दिउँसो ३ बजे हुने विजय र्‍यालीसहित अन्य सबै कार्यक्रमहरू पूर्वनिर्धारित समयानुसार नै सञ्चालन हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स