अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भन्सार शुल्क बढाउँदै अब १४५ प्रतिशत पुर्याएका छन्। यसअघि १२५ प्रतिशत घोषणा गरिएको शुल्कमा अघिल्लो २० प्रतिशत पनि समेटिएको ह्वाइट हाउसले स्पष्ट पारेको हो।
यसको अर्थ चीनमा उत्पादित १०० डलरको सामान अमेरिका पुग्दा २४५ डलर पर्नेछ, जसले चिनियाँ वस्तुहरू अमेरिकामा महँगो बनाउनेछ। जवाफस्वरूप चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुहरूमा ८४ प्रतिशत भन्सार शुल्क लगाएको छ।
भन्सार शुल्कको तनावसँगै अमेरिकी सेयर बजारमा नास्ड्याक ७ प्रतिशतले घटेको छ भने तेलको मूल्य पनि करिब ४ प्रतिशतले घटेको छ। ट्रम्पले चीनबाहेक अन्य ७५ देशमा १० प्रतिशत आधारभूत भन्सार शुल्क कायम गर्दै ९० दिनका लागि उच्च शुल्क स्थगित गर्ने निर्णय पनि गरेका छन्।
(एजेन्सीहरुको सहयोगमा)

















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया