काठमाडौंस्थित अमेरिकी दूतावासले व्यवसाय वा पर्यटन (भिजिटर) भिसा आवेदन दिने नेपालीहरूलाई अन्तर्वार्ता अघि नै ‘भिसा बन्ड’ (धरौटी) नबुझाउन आग्रह गरेको छ। हालै लागू भएका नियमअनुसार, अन्तर्वार्ताअघि रकम जम्मा गर्दा भिसा स्वीकृत हुने ग्यारेन्टी हुँदैन।
दूतावासले जारी गरेको सूचनामा भनिएको छ, “आवेदकले पहिले दूतावासमा अन्तर्वार्ता दिनुपर्नेछ। अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले भिसा स्वीकृत गर्ने निर्णय गरेपछि मात्र आधिकारिक निर्देशनअनुसार बन्ड कसरी र कहाँ तिर्ने भन्ने जानकारी दिइनेछ। भिसा पक्का भएपछि सम्बन्धित अधिकृतले आधिकारिक वेबसाइटको लिंकसहित भुक्तानी प्रक्रिया बारे सूचित गर्नेछन्।”
साथै, दूतावासले सचेत गराउँदै अन्तर्वार्ता अघि हतारमा गरिएको भुक्तानी फिर्ता नहुने (नन्–रिफन्डेबल) भएको स्पष्ट पारेको छ। त्यसैले, आधिकारिक निर्देशन नआउँदासम्म कुनै पनि माध्यमबाट रकम जम्मा नगर्न आवेदकहरूलाई सुझाव दिइएको छ।


प्रतिकृया