SHAREHUBSHAREHUB

अमेरिकाले फेरि निकाल्यो ३५ जना नेपालीलाई

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ४ गते
AdvertisementAds
अमेरिकाले फेरि निकाल्यो ३५ जना नेपालीलाई
AdvertisementAds

अमेरिकाबाट डिपोर्ट गरिएका ३५ जना नेपाली बुधबार चार्टर्ड विमानमार्फत् काठमाडौँ आइपुगेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध बसोबासविरुद्धको नीतिअनुसार, अमेरिका हाल विदेशी नागरिकहरूलाई निरन्तर निष्काशन गर्दै आएको छ, जसअन्तर्गत यसअघि पनि थुप्रै नेपाली फर्काइइएका छन्।

काठमाडौँ आएपछि ती ३५ नेपालीलाई अध्यागमन विभागले मानव बेचबिखन अनुसन्धान ब्युरो (Anti Human Trafficking Bureau) मा पठाएको थियो। सामान्य सोधपुछपछि उनीहरूलाई छाडिएको हो।

अवैध रूपमा अमेरिका पुगेका र डिपोर्ट भएका व्यक्तिले आफू अन्यायमा परेको दाबी गर्दै उजुरी दिए मात्र प्रहरीले थप अनुसन्धान गर्ने गरेको ब्युरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स