अप्पर रिचेत हाईड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त

अप्पर रिचेत हाईड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त

२ मेगावाट विद्युत उत्पादन क्षमता भएको अप्पर रिचेत हाइड्रोपावर प्रा.लि.ले साधारण सेयर (आइपिओ) मार्फत सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्काशनका लागि आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौता सोमबार सम्पन्न भएको हो। सम्झौतामा अपर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

कम्पनीले हाल कायम ४० करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ। आइपिओ प्रक्रियाका लागि कम्पनीले छिट्टै आफूलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्ने तथा क्रेडिट रेटिङ प्रक्रिया अघि बढाइसकेको जनाएको छ।

कम्पनीका अनुसार आगामी साउन–भदौ महिनाभित्र आइपिओ निष्काशन गर्ने लक्ष्य राखिएको छ। अपर रिचेत हाइड्रोपावरले २०८१ सालको भदौ महिनादेखि विद्युत उत्पादन सुरु गरिसकेको छ। कम्पनीको आयोजना गोरखा जिल्लाको धार्चे गाउँपालिकामा अवस्थित रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स