रिभर फल्स पावर लिमिटेडले कात्तिक २६ गतेदेखि लिलामी मार्फत बिक्रीमा ल्याएको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित हकप्रद सेयर किन्ने भोलि मंसिर ३ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत भदौ २३ देखि असोज २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो, तर उक्त अवधिमा आवेदन नपरेका सेयरहरू लिलामीमा ल्याएको हो।
यस लिलामीमा जोसुकै व्यक्ति, कम्पनी वा संस्था सहभागी हुन सक्नेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदन दिंदा न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम रूपमा सम्पूर्ण लिलामी सेयरका लागि आवेदन दिन सकिनेछ।
लिलामी फारम काठमाडौँको कमलादीस्थित प्रभु क्यापिटल कार्यालयबाट लिन र त्यहीँ बुझाउन सकिनेछ। काठमाडौँ बाहिरका लगानीकर्ताले भने प्रभु बैंकका शाखाहरू—बिराटनगर, हेटौंडा, बिरगंज, पोखरा, सुर्खेत, बुटवल र धनगढीबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।




![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)





![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया