पुस २१ गते युनियन हाइड्रोपावरले बोलायो वार्षिक साधारण सभा, भर्चुअल माध्यमबाट हुने
युनियन हाइड्रोपावर लिमिटेडले पुस २१ गते वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट आयोजना गर्ने भएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा भर्चुअल रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्नेछ। साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र तिनको पारिश्रमिक निर्धारणको प्रक्रिया पनि सभामा टुङ्ग्याइनेछ।यस वर्ष पनि कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने भएको छ। जस अनुसार, पुस ८ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा सहभागी हुन पाउनेछन्।





