नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउन आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहनुभएका पोखरेलले सोमबार हाँडीगाउँमा घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान असामान्य परिस्थितिमा चुनावले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
पोखरेलले देश बनाउने सही पार्टी एमाले मात्रै भएको उल्लेख गर्दै निर्वाचन क्षेत्रका मतदाता र पार्टी कमिटीले आवश्यकताअनुसार उम्मेदवार तोकेको बताए। उनले जनताका समस्याहरु समाधान गर्ने र पहिल्यैका धेरै योजनाहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। साथै, आफूले गरेका कामका बारेमा मतदातालाई जानकारी रहेकाले जनताले उनलाई मत दिएर विजयी गराउने दाबी पोखरेलले गरे।
काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेबाट पोखरेलका साथै कांग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा र रास्वपाबाट सस्मित पोखरेल लगायतका उम्मेदवार चुनावी मैदानमा छन्।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया