कास्की जिल्लामा आज एक घण्टाभित्र दुईवटा भूकम्पका धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान ११:५६ बजे कास्कीको फुलिबाङ आसपास ४.४ म्याग्निच्युडको मापन गरिएको हो। दोस्रो भूकम्प भने दिउँसो १२:५० बजे अन्नपूर्ण दोस्रो क्षेत्र आसपास ४.१ म्याग्निच्युडको मापन गरिएको छ।
यसअघि मंगलबार जाजरकोटको रामीडाँडामा पनि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो समय देशका विभिन्न स्थानमा लगातार भूकम्पका धक्का महसुस भइरहेका छन्।
















प्रतिकृया