दुई कम्पनीले राखे संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ११ गते
दुई कम्पनीले राखे संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

दुई कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेका छन्। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेमा हुन्।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी उदय प्रसाद ओझाको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। सेयरधनी ओझाले आफ्ना सेयर बिक्री गर्न निवेदन दिएकाले कम्पनीले सो सेयर बिक्री प्रक्रिया अघि बढाएको हो। बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ अनुसार संस्थापक सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूलाई ३५ दिनको समयावधि दिइएको छ।

संस्थापक सेयरधनीहरूले तोकिएको अवधिभित्र काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटल कार्यालयमा निवेदन दिन सक्नेछन्। यदि निर्धारित समयावधिमा कुनै संस्थापक शेयरधनीले निवेदन दिंदैनन् वा बाँकी सेयर बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

यसैगरी, प्रभु इन्स्योरेन्स लिमिटेडले ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएपछि कम्पनीले सो सेयर बिक्रीमा राखेको हो।

संस्थापक सेयर बिक्री गर्दा कम्पनीका विद्यमान संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकोले संस्थापक सेयर खरीद गरी लिन इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूका लागि कम्पनीले ३५ दिनको समयावधि दिएको छ।

AdvertisementAds

उक्त समयावधिभित्र संस्थापक सेयरधनीले काठमाडौंको तिनकुनेस्थित केन्द्रीय कार्यालयमा सम्पर्क राखी सेयर खरीद गर्न निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त हुन नआएमा वा सबै सेयर बिक्री नभएमा बाँकी रहन गएको सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स