instainsta

आइपीओ निष्काशनका लागि दुई कम्पनीले मागे धितोपत्र बोर्डसँग अनुमति, कुनले कति सेयर जारी गर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ८ गते
आइपीओ निष्काशनका लागि दुई कम्पनीले मागे धितोपत्र बोर्डसँग अनुमति, कुनले कति सेयर जारी गर्ने ?
AdvertisementAds

इलेक्ट्रो पावर कम्पनी र एनसी एग्रो टेक इन्डस्ट्रिजले आईपीओ जारी गर्न धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै आवेदन दिएका छन्। सेबोनको स्वीकृतिपछि इलेक्ट्रो पावरले ८१ करोड २५ लाख रुपैयाँबराबरका कुल ८१ लाख २५ हजार कित्ता साधारण सेयर (अंकित मूल्य १०० रुपैयाँ) सार्वजनिक गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहनेछ।

यस्तै, एनसी एग्रो टेक इन्डस्ट्रिजले पनि सेबोनको अनुमति प्राप्त गरेपछि १८ करोड ७५ लाख रुपैयाँबराबरका कुल १८ लाख ७५ हजार कित्ता साधारण सेयर (अंकित मूल्य १०० रुपैयाँ) बिक्री गर्नेछ। यसको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले सम्हाल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स