दुई कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा दिए आवेदन, कुनको कति कित्ता ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २३ गते
दुई कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा दिए आवेदन, कुनको कति कित्ता ?

दुई कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै आवेदन दिएका छन्। काबेली हाईड्रोपावर र निभिक्स फर्मास्युटिकल्सले सेबोनमा छुट्टाछुट्टै आवेदन दर्ता गराएका हुन्।

काबेली हाईड्रोपावरले मंसिर ८ गते ४१ करोड २५ लाख रुपैयाँ बराबरको, अंकित दर रु.१०० का ४१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न अनुमति मागेको छ। सेबोनबाट स्वीकृति मिलेपछि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

यस्तै, निभिक्स फर्मास्युटिकल्सले कात्तिक ३० गते १३ करोड ७५ लाख रुपैयाँ बराबरको, अंकित दर रु.१०० का १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशनका लागि अनुमति मागेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक नेपाल एसबिआई मेर्चेन्ट बैंकिङ रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स