डिबेञ्चर जारी गर्न दुई वाणिज्य बैंकले सेबोनबाट पाए अनुमति, कुनले कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १८ गते
डिबेञ्चर जारी गर्न दुई वाणिज्य बैंकले सेबोनबाट पाए अनुमति, कुनले कति ?

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई वाणिज्य बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई कुल ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ।

एनआईसी एसिया बैंकले ‘एनआईसी डिबेन्चर’ नामक ऋणपत्र ल्याउनेछ, जसको कुल परिमाण ५ अर्ब रुपैयाँ हुनेछ। यस ऋणपत्रको प्रत्येक इकाइ १ हजार रुपैयाँ अंकित दरको हुनेछ, जसअन्तर्गत ५० लाख इकाइ जारी गरिनेछ। तीमध्ये ३० लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २० लाख इकाइ सार्वजनिक निष्काशन हुनेछ। १० वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल हुनेछ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबीएल डिबेन्चर’ नामक ऋणपत्र जारी गर्नेछ, जसको कुल परिमाण २ अर्ब ५० करोड रुपैयाँ हुनेछ। यो ऋणपत्र पनि १ हजार रुपैयाँ अंकित दरका २५ लाख इकाइमा विभाजित हुनेछ। तीमध्ये १५ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री हुनेछ भने बाँकी १० लाख इकाइ सार्वजनिक निष्काशन गरिनेछ। ७ वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स