ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको रु. २२,५०,००,००० मूल्यका २२,५०,००० कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्काशन गर्ने भएको छ। प्रति सेयर अंकित मूल्य रु. १०० तोकिएको छ।
यस आईपीओ निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सम्झौतापत्रमा ट्रष्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र बिक्री प्रबन्धकका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।
ट्रष्ट माइक्रो इन्स्योरेन्सले न्यून आय भएका, पिछडिएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायलाई लघु बीमा सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। कम्पनीले २०८० कात्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरेको थियो र २०८० चैत ०१ गतेदेखि लघु निर्जीवन बीमा कारोबार सञ्चालन गरिरहेको छ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया