अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्तामा नआए अमेरिकी प्रतिबन्ध थप कडा हुने चेतावनी दिएका छन्। राष्ट्रपति पद सम्हालेपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग निरन्तर सम्पर्कमा रहेको र निकट भविष्यमा रुसी राष्ट्रपति पुटिनसँग पनि वार्ता गर्ने तयारी भइरहेको जानकारी दिए।
पत्रकार सम्मेलनमा ट्रम्पले आफू अघिल्लो कार्यकालमा राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध नै नहुने दाबी गरे। साथै, उनले नेटो सदस्य राष्ट्रहरूले आफ्नो रक्षा बजेट २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याउनुपर्ने आवश्यकता पनि जोड दिए।


















प्रतिकृया