अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग आगामी जुलाई ९ भित्र व्यापार सम्झौता नभएमा ३०–३५ प्रतिशतसम्मको शुल्क लगाउने चेतावनी दिएका छन्। यो शुल्क अहिले लागू २४ प्रतिशत महसुलभन्दा धेरै हुने बताइएको छ।
प्रारम्भमा अधिकांश साझेदारहरूमाथि लगाइएको १० प्रतिशत महसुललाई ९० दिनका लागि निलम्बन गरिएको थियो, जुन समयसीमा सकिन लाग्दा ट्रम्पले यसलाई नबढाउने बताएका हुन्। उनले सम्झौता हुनेमा शंका व्यक्त गर्दै जापानले अमेरिकासँग अनुचित लाभ उठाएको आरोप लगाए। जापानी सवारीसाधन, स्टिल र आल्मुनियममा हाल उच्च आयात कर लागिरहेको छ।
जापानले भने किसानलाई हानि पुग्ने सम्झौता नगर्ने स्पष्ट पारेको छ। ट्रम्पले सुरुवातमा ९० दिनभित्र ९० वटा सम्झौता गर्ने भने पनि हालसम्म बेलायतसँग मात्र सम्झौता भएको छ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया