डोनाल्ड ट्रम्पले अमेरिकी चलचित्र उद्योगको संकट समाधान गर्न विदेशी निर्मित सबै चलचित्रमा १०० प्रतिशत आयात कर लगाउने आदेश दिएका छन्।
उनले सामाजिक सञ्जालमा यस्तो निर्णयको घोषणा गर्दै अमेरिकामा बनेका चलचित्रलाई प्राथमिकता दिन चाहेको बताए। विदेशी मुलुकहरूले अमेरिकी स्टुडियोहरूलाई आकर्षित गर्ने प्रलोभन दिइरहेको आरोप लगाउँदै ट्रम्पले वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्।
तर, चलचित्र बौद्धिक सम्पत्ति भएकाले यस्तो शुल्क कसरी लागू गरिने भन्ने अझै अस्पष्ट छ।
(एजेन्सीहरुको सहयोगमा)
















प्रतिकृया