अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (युएसएड)मा ठूलो घोटाला भएको आरोप लगाएका छन्। फक्स न्युजसँगको अन्तरवार्तामा उनले कुनै प्रभाव वा आधार बिना नै धेरै रकम खर्च भइरहेको दाबी गरेका हुन्।
ट्रम्पका अनुसार विदेशमन्त्री मार्क रुबियोमार्फत सही स्थानमा मात्र बजेट खर्च गरिनेछ। उनले आफूले चयन गरेका व्यक्तिहरू सही रहेको दाबी गर्दै कुनै गलत काम स्वीकार गर्न नसक्ने बताए।
यस्तै, ट्रम्पले एलन मस्कलाई ‘महान्’ भन्दै उनलाई आफूले ठूलो सहयोग पाएको दाबी गरे।
ट्रम्पले युएसएडका २२ सय कर्मचारीलाई बिदामा राख्ने निर्णय गरे पनि शुक्रबार न्यायालयले सो निर्णयमा रोक लगाएको छ। अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरेसन फर गभर्मेन्ट इम्प्लोइजले विरोध जनाएपछि न्यायाधीशले उक्त निर्णय रोकेका हुन्।
(एजेन्सीहरुको सहयोगमा)













![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया