टुटलले नेपालमै पहिलो पटक ‘शून्य कमिसन’ मोडेलमा आधारित नयाँ योजना ‘टुटल प्रो’ सार्वजनिक गरेको छ। अबदेखि टुटलमार्फत सेवा दिने बाइक र क्याब चालकहरूले यात्राबाट भएको कमाइको कुनै पनि हिस्सा कम्पनीलाई दिनु नपर्ने भएको छ।
‘टुटल प्रो’ नाम दिइएको यस योजना अन्तर्गत चालकहरूले निश्चित मासिक शुल्क तिरेर असीमित यात्रा गर्न सक्नेछन्। प्रारम्भिक अफर अनुसार बाइक चालकका लागि २८ दिनको शुल्क रू. ४९९ र क्याब चालकका लागि रू. ९९९ निर्धारण गरिएको छ। यो अफर सकिएपछि उक्त शुल्क क्रमशः रू. ९९९ र रू. १९९९ हुने कम्पनीले जनाएको छ।
नेपाली राइड सेयरिङ बजारमा कम्पनीहरुले १० देखि २० प्रतिशत कमिसन लिदै आएका थिए। टुटल प्रोले भने यो व्यवस्था पूर्ण रूपमा हटाएको छ। यात्राबाट आएको सम्पूर्ण आम्दानी चालककै खल्तीमा जानेछ। सब्सक्रिप्सन अवधिभर बीमा शुल्क र ‘टिडीएस’ बाहेक कुनै पनि अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, यो योजना टुटल एपमार्फत सजिलै सब्सक्राइब गर्न सकिनेछ।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया