एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज, असोज २१ गते रहेको छ। कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये २ प्रतिशत अर्थात् २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबरको २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि छुट्टाइएको छ।
सो सेयरमा चितवन जिल्लाको रत्ननगर नगरपालिकाका सबै वडाका स्थानिय बासिन्दाले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ। आईपीओको रेटिङ्ग इक्रा नेपालले डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदन स्थानिय बासिन्दाले एसवाई प्यानल नेपाल रत्ननगर, प्रभु क्यापिटल, कमलादी, अनलाइन लिंक तथा प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट दिन सक्नेछन्।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया