दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २३ गते
दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, क-कसले भर्न पाउने ?

दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड र स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेका आईपीओ भर्ने आज  (चैत २३ गते) अन्तिम दिन हो।

याम्बालिङ्ग हाइड्रोपावरले चैत ८ गतेदेखि निष्काशन गरेको आईपीओमा सुरुवाती रूपमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिने समय तोकिएको थियो। तर, मागभन्दा बढी आवेदन परेकाले कम्पनीले आजैबाट निष्काशन बन्द गर्ने जनाएको छ। कम्पनीले ७ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका लागि छुट्याएको हो। उक्त आईपीओमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था रहेको छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम जनाउँछ। निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन सिन्धु विकास बैंक र कुमारी बैंकका सम्बन्धित शाखाबाट तथा आस्वा प्रणालीमार्फत पनि दिन सकिनेछ।

त्यसैगरी, स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि निष्काशन गरेको आईपीओमा पनि आज अन्तिम दिन रहेको छ। कम्पनीले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्काशनको अनुमति पाएकोमा त्यसको आधा अर्थात् ९ लाख ३७ हजार ५०० कित्ता (९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबर) आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको हो। यो सेयर ताप्लेजुङ र पाँचथर जिल्लाका विभिन्न प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँड गरिनेछ, जसमा सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का लागि ४ लाख ६८ हजार ७५० कित्ता र बाँकी समान परिमाण अन्य प्रभावित वडाहरूमा वितरण गरिनेछ। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम संकेत गर्दछ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन बिक्री प्रबन्धकका साथै विभिन्न बैंकका शाखा कार्यालय र आयोजना क्षेत्रबाट दिन सकिनेछ, साथै आस्वा प्रणाली पनि उपलब्ध रहेको छ।

दुवै कम्पनीका आईपीओमा आवेदन दिन चाहने स्थानीय बासिन्दाले दरखास्त फाराम प्राप्त गर्दा २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स