SHAREHUBSHAREHUB

शिखर पावर डेभलपमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

AdvertisementAds
शिखर पावर डेभलपमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन
AdvertisementAds

शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ।

कम्पनीले माघ ६ गतेदेखि पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। यस चरणमा श्रम स्वीकृति लिई विदेशमा काम गरिरहेका नेपालीहरूका लागि २ लाख २२ हजार कित्ता सेयर निष्काशन गरिएको छ।

यस समूहका आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशनपछि कम्पनीले सर्वसाधारणका लागि पनि सेयर निष्काशन गर्नेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ।

नेपाल धितोपत्र बोर्डले पुस १६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। बोर्डबाट अनुमति पाएसँगै कम्पनीले कुल ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स