आज पुस १३ गते आइतबार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी कम्पनीहरूले साधारण सभा प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले, आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र लाभांश पाउनेछन्।
लाभांश सुरक्षित गर्ने अन्तिम दिनमा पर्ने कम्पनीहरूमा कुथेली बुखरी स्मल हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र सन् नेपाल लाइफ इन्स्योरेन्स छन्।
कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२३६ प्रतिशत नगद लाभांश वितरण गर्नेछ, साधारण सभा पुस २९ गते तय गरिएको छ।
सिनर्जी पावर डेभलपमेन्टले पनि १० प्रतिशत बोनस सेयर र ०.५२३६ प्रतिशत नगद लाभांश दिनेछ, साधारण सभा पुस २८ गते आयोजना हुनेछ।
शिखर इन्स्योरेन्सले ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ, साधारण सभा पुस २९ गते हुनेछ।
नेपाल इन्स्योरेन्सले ६.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ, साधारण सभा पुस २९ गते तोकिएको छ।
सन् नेपाल लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश दिने छ, साधारण सभा पुस २५ गते आयोजना हुनेछ।












![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)



![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया