सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश गरी कुल २१.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त प्रस्ताव आगामी फागुन १७ गते बस्ने साधारणसभामा पेश गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ। साथै, सभामा २० प्रतिशत बोनस सेयर वितरणपश्चात १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पेश हुने जनाइएको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया