टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि २५ लाख १५ हजार ४ सय ५५ कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ।
यसअघि नेपाल धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको थियो।
सीडीएससीको तथ्यांकअनुसार आइतबार बेलुकासम्म टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा २४ लाख ८१ हजार ९२ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ७४ करोड ५८ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ७४ लाख ७५ हजार ८७० कित्ताका लागि आवेदन दिएका हुन्।
यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा १०.९२ गुणा बढी हो।














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)




![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया