वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिन पाउने अन्तिम मिति आज असोज १० गते रहेको छ।
कम्पनीले असोज ७ गतेदेखि यो समूहका लगानीकर्ताहरूका लागि आईपीओ खुला गरेको हो। यस अन्तर्गत ४ लाख ९७ हजार ९२ कित्ता सेयर छुट्याइएको छ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ। यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डले गत भदौ १७ गते एसवाई प्यानललाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डले स्वीकृति दिएका अनुसार, कम्पनीले कुल ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता सेयर (मूल्य बराबर ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ) सार्वजनिक गर्न पाउनेछ।






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया